शनिबार, वैशाख ८, २०८१

सुनको भाउ सामान्य बढ्यो, चाँदीको कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ साउन ११ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन आज एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार छ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी १२ सय ७० रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया