बिहीबार, वैशाख २०, २०८१

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेपालखोज २०७८ साउन ११ गते १३:५०

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूह अन्तर्गत १२ हजार पाँच सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

फाइनान्सले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक सेयर खरिदकालागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वाजो कोहीव्यक्ति, कम्पनी, संघ, संस्थाहरुले मिति २०७८ श्रावण १४ गते देखि मिति २०७८ भाद्र ८ गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया