ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

ट्युनिस । ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका बताइएको छ ।
ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गर्नुभएको थियो । त्यसलगत्तै उहाँले यहाँको संसद पनि निलम्बन गरेका छन् ।
आइतबार राति उनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति चालेका यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिए ।
त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात गरेका सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैंले सरकारको नेतृत्व गर्ने बताए ।
त्यसैगरी यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गएकाे छ ।
आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए । रासस
प्रतिक्रिया