बिहीबार, वैशाख २०, २०८१

नेप्से ८ दशमलव २४ अंकले घट्दा १४ अर्ब १३ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन ११ गते १५:४७

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन ५४ अंकले बढेको नेप्से साताको दोस्र्रो कारोबार दिन आज सोमबार भने आठ दशमलव २४ अंकले घटेर तीन हजार ५० दशमलव ४२ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९३ अंकले घटेर पाँच सय ७१ दशमलव १० अंकमा पुुगेको छ । नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको एक लाख ३७ हजार दुई सय ४२ पटकको कारोबारमा तीन करोड ७० लाख ६१ हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार चार सय ३१ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोबार भएकोमा आज पाँचवटा समूहको सूचक घटेर आठवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ४३ दशमलव पाँच अंकले घटेर दुई हजार एक सय ३१ दशमलव ६८ अंकमा झरेकोमा विकास बैंक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।

जलविद्युत समूहको सूचक भने आज एक सय दुई दशमलव ६५ अंकले बढेर तीन हजार एक सय ७१ दशमलव १५ अंकमा चढेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १४ दशमलव ९३ अंकले बढेर १४ हजार चार सय ८६ दशमलव १८ अंकमा चढेको छ ।

यीबाहेक फाइनान्स, जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादमुलक र लघुवित्त समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् । आज घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ६३ रुपैयाँमा कारोबार हुँदा एनआईसी एसिया बैंक ऋणपत्रको प्रतियुनिट सेयर मूल्य सात दशमलव २२ प्रतिशतले घटेर एक हजार ८६ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज ङादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता आठ सय ३९ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा ३९ करोड ३० लाख ३७ हजार आठ सय ३२ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया