शुक्रबार, वैशाख ७, २०८१

टोकियो ओलम्पिक : चीनभन्दा अमेरिका र जापान अघि

नेपालखोज २०७८ साउन ११ गते १९:५३

काठमाडौं । जापानको टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन तेस्रो स्थानमा झरेको छ । चीनलाई जापान र अमेरिकाले पछि पारेका छन् ।

अमेरिका र जापानले सातरसात स्वर्ण पदक जितेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । त्यस्तै जापानले सात स्वर्ण, एक रजत र तीन कास्य पदकसहित ११ पदक जितेको छ ।

चीन भने ६ वटा स्वर्णपदकसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, तीन रजत र ६ वटा कास्य गरी कुल १५ पदक जितेको छ । यस्तै दक्षिण कोरियाले तीन तथा अस्ट्रेलिया र कोसोभोले दुई/दुई वटा पदक जितेका छन् ।

रसियन ओलम्पिक कमिटी, इटली, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तानले एकरएक स्वर्ण पदक जितेका छन् ।

प्रतिक्रिया