शुक्रबार, वैशाख १४, २०८१

१४औं महाधिवेशनबारे महत्त्वपूर्ण निर्णय गर्दै कांग्रेस

नेपालखोज २०७८ साउन १२ गते ७:१९

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले ९ बजे बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार बैठकमा १४औं महाधिवेशनको तयारीमा केन्द्रित छलफल हुनेछ । बैठकले महाधिवेशनबारे थप निर्णय गर्न सक्ने सम्भावना छ ।

यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ का लागि तय वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

बैठकअघि कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउँदै छ । ९८ प्रतिशत काम सकिएपछि पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागिएको हो ।

समितिले असार मसान्तसम्म क्रियाशीलको काम सक्ने समय पाएको थियो । तर सो अवधिमा काम नसकिएपछि समितिले थप १२ दिनको अतिरिक्त समय पाएको थियो । -फाइल तस्बिर

प्रतिक्रिया