शुक्रबार, चैत १६, २०८०

२०२१ को अन्त्यसम्म इराकबाट अमेरिकी सेना फिर्ता हुने

नेपालखोज २०७८ साउन १२ गते ९:१९

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा इराकमा रहेका अमेरिकी सेनाहरू फिर्ता हुने बताएका छन् । यद्यपि सैनिकहरूले इराकी सेनालाई तालिम र सल्लाह दिन जारी राख्ने उनले बताएका छन् ।

व्हाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँग वार्ता गरेपछि बाइडेनले यस्तो घोषणा गरेका हुन् । इराकमा हाल २५०० अमेरिकी सैनिक छन् । जो कट्टरपन्थी संगठन इस्लामिक स्टेटबिरूद्ध लड्न स्थानीय सुरक्षा बललाई सहयोग गरिरहेका छन् ।

अमेरिकी सेनाको संख्या उस्तै रहन सक्छ, तर यो कदम इराकी प्रधानमन्त्रीलाई सहयोगका रूपमा देखिएको छ । गत वर्ष इराकको राजधानी बग्दाद्मा अमेरिकी ड्रोन हमलामा इरानको एक फोर्सका प्रमुख जनरल कासिम सुलेमानीको हत्या पछि इराकमा अमेरिकी सेनाको उपस्थिति ठूलो मुद्दा भएको थियो ।

इरानतर्फ झुकाव रहेका राजनीतिक दलहरूले इस्लामिक स्टेटको धम्कीको बाबजुद अमेरिका र यसका मित्र राष्ट्रहरूलाई फिर्ता लिन आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपतिका लागि यो घोषणा पूर्व राष्ट्रपति जर्ज डब्ल्यूको समयमा शुरू भएको अर्को युद्धको अन्त्य हो । यस वर्ष अमेरिकाले पनि अफगानिस्तानबाट आफ्नो सेना फिर्ता लिइरहेको छ ।

ह्वाइट हाउसमा बोल्दै जो बाइडेनले भने, ‘हाम्रो नयाँ आतंकवाद विरोधी सहयोग पनि जारी रहनेछ ।’ यो बैठक पछि प्रधानमन्त्री काठीमीले भने, ‘आज हाम्रो सम्बन्ध पहिलेभन्दा झनै बलियो छ । हाम्रो सहयोग अर्थव्यवस्था, वातावरण, स्वास्थ्य, शिक्षा, संस्कृति आदिको लागि हो ।’ इराकमा कुनै पनि विदेशी सेनाको आवश्यकता छैन भनेर उनले जोड दिएका छन् ।

प्रतिक्रिया