शनिबार, वैशाख १५, २०८१

युट्युबमा कस्ता कन्टेन्ट भाइरल ! (भिडियोसहित)

नेपालखोज २०७८ साउन १२ गते ११:३३

अहिले युट्युब सामाजिक सन्जालको ठूलो प्लेट फर्म बनेको छ । जहाँ मानिसले आफ्ना मनमा लागेका कुरा, आफूले बनाएका भिडियो सहजै संसारभर पुर्‍याउन सक्छन् । तर यो प्लेट फर्ममा हरेक मानिसका इच्छाएका भिडियो तथा सामग्रीहरु पाउन सकिन्छ ।
कहिलेकाहीं त यही प्लेट फर्ममा भएका सामग्रीहरु संसारभर भाइरल बनेका हुन्छन् । कस्ता सामग्री युट्युबमा भाइरल हुन्छन् ? यसले हाम्रो समाजलाई कतातर्फ डोर्‍याइरहेको छ ? काठमाडौं विश्वविद्यालयका पत्रकारिताकै प्राध्यापक जसले अहिले सामाजिक सन्जालमा भाइरल हुने कन्टेन्टका विषयलाई मिहिन रुपमा अवलोकन गरिरहेका छन् ।

नेपालखोजको नियमित स्तम्भअन्तर्गत ‘पत्रकारिताका कुरा’ मा हामीले आज काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. सुधांशु दाहाललाई युट्युबमा कस्ता कन्टेन्ट भाइरल भइरहेका छन् ? भनेर सोधेका छौं । सुनौं डा. दाहालका कुरा :

हाइलाइट्स :

– युट्युबमा रहेका कन्टेन्टहरूले समाजलाई कता लैजाँदै छ ? कस्ताखाले विचार निर्माण गर्दै छ ? र, कस्तो सोच ल्याउँदै छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।
– अहिले कस्ता खालका कन्टेन्ट भाइरल भएका छन् ? भ्युअरसिप दशौं लाख छ भने मिडियाको भाषामा भन्दा स्वादको एकदमै तल्लो अवस्था, इच्छाको र मनोरञ्जनको तल्लो अवस्थाका सामग्री (कन्टेन्ट) भाइरल भएका छन् ।
– युट्युबमा भाइरल भएका कन्टेन्ट समयसापेक्ष छैनन् । जस्ता कन्टेन्ट आएका छन् त्योअनुसारको हाम्रो समाज छैन ।
– अहिले भाइरल भएका कन्टेन्टले मूलधारभन्दा बाहिरका छन् । जसले ५० वर्षभन्दा बढीको सामाजिक आन्दोलनलाई मूर्त रूप दिन २०७२ सालमा संविधानसभाले बनाएको संविधानलाई पनि अवमूल्यन गर्छ ।
– हामीले सरसर्ती हेर्दा यस्ता भाइरल कन्टेन्ट एकदम हल्का हुन्छ । रमाइलो हुन्छ । एकछिन हेर्‍यो बिर्सियो भनेजस्तो लाग्न सक्छ तर त्यसले निश्चित रूपमा एउटा न एउटा छाप भने छोडेको हुन्छ ।
– विशेष गरेर यस्तो कन्टेन्टले जो साक्षर छ तर शिक्षित छैन, उमेरमा सानो छ त्यो समुदायमा दीर्घकालिन असर गर्छ । उसका विचार र व्यवहारमा परिवर्तन ल्याउन सक्ने खतरा छ ।
– एसिड अट्याकरलाई प्रहरीले तिमीले कहाँबाट सिकेको भनेर सोध्दा उसले भारतीय सिरियल क्राइम पेट्रोल हेरेर त्यहाँबाटै सिकेर मैले एसिड प्रहार गरेको स्पष्ट भनेको छ । भनेपछि मिडियाको महत्त्वबारे योभन्दा ठूलो उदाहरण दिनु नपर्ला ।
– कन्टेन्ट भाइरल बनाउने नाममा समाजले अनैतिक, समाजले नरुचाउने, हाम्रो समाजसापेक्ष नभएका कुरालाई जसरी बढवा दिने काम भइरहेको छ । यसलाई हामीले भ्युअरसिपको नम्बर मात्र हेरेका छौं यो समस्याग्रस्त अवस्था पनि हो ।

थप भिडियोमै हेर्नुहोस् :

प्रतिक्रिया