बिहीबार, चैत १५, २०८०

संघीयता नेपालमा खुसुक्क घुसाइयो : एमाले नेता गोकुल बाँस्कोटा

नेपालखोज २०७८ साउन १२ गते ११:५०

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संघीयता नेपालमा खुसुक्क घुसाइएको टिप्पणी गरेका छन् ।

मंगलबार उनले सामाजिक सञ्जालमार्फत उनले संघीयता, धर्म निरपेक्षता र राज्यबारे संविधानमा गरिएको व्यवस्थामाथि बहस गर्नुपर्ने बताएका हुन् ।

‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभुमी हेरेनौ । जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो । नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ । धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।

यसअघि हिजो विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया