बुधबार, वैशाख १२, २०८१

सानिमा लाइफको ६० करोड रुपैयाँको आईपीओ आउँदै

नेपालखोज २०७८ साउन १२ गते १२:४८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

लगानीकर्ताहरुले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ ।

अधिकृत पुँजी तीन अर्ब तथा जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । साधारण सेयरको बिक्रीपश्चात भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

जारी गरिने कुल सेयर मध्ये ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारीहरुका लागि, पाँच प्रतिशत अर्थात तीन लाख कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुनेछ ।

प्रतिक्रिया