बुधबार, वैशाख १२, २०८१

बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने छुट छैन : गगन थापा

नेपालखोज २०७८ साउन १२ गते १४:१९
फाइल तस्बिर

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस सांसद गगन थापाले बाहिर सिंहजस्तो गर्जिने तर भित्र लम्पसार पर्ने पुरानो सरकारजस्तो नयाँ सरकारलाई छुट नहुने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा थापाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय सरकारलाई पंगु बनाउने जनताको दुहाई दिने तर आसेपासे पोस्ने बाहिर सिंहजस्तो जर्गिने भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो अपराध गर्ने छुट छैन ।’

प्रतिक्रिया