विश्वभर कोरोनाले अवस्था थप जटिल बन्दै, बालबालिका उच्च जोखिममा

काठमाडौं । विश्वभरको दैनिक तथ्यांक हेर्ने हो भने कोरोना भाइरसको प्रकोप घट्दै गएको पाईन्छ । यद्यपि कोरोनाको तेस्रो लहर आउने खतरा वा सम्भावना पनि उत्तिकै छ । यसबीच कोरोनाको डेल्टा भेरियन्टका केश तिब्ररुपमा बढदै गएको छ, जसले संसारभर चिन्ता बढाएको छ । प्राप्त नयाँ तथ्यअनुसार डेल्टा भेरियन्टले कोभिडको डबल डोज भ्याक्सिन लगाउनेहरुलाई पनि उत्तिकै संक्रमित गरिरहेको छ ।
संसारका १० प्रमुख प्रमुख कोभिड विशेषज्ञले हालैको एक अन्तरवार्तामा कोरोना भाईरसविरुद्धको भ्याक्निलाई निकै मजबूत सुरक्षा बताउँदै ज-जसले यो खोप लगाएका छैनन् उनिहरु जोखिममा भएको कुरा बताएका छन् । विज्ञहरुका अनुसार दुबै डोज खोप लगाएकाहरुले पनि मास्क, सामाजिक दूरीका साथै कोरोनाविरुद्धका अन्य उपाय वा सावधानीहरु पालना गर्नु आवश्यक छ । किनभने कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिलेसम्मको सबैभन्दा तिब्र गतिमा फैलिरहेको भेरियन्ट हो । यो भेरियन्टको भाइरसले लगातार आफूलाई परिवर्तन गरिरहन्छ र नयाँ- नयाँ रूपमा प्रस्तुत भैरहन्छ ।
कोरोनाविरुद्धद्धको भ्याक्सिन नलगाउने एक चौथाई भन्दा बढि अमेरिकीहरु कोरोनाविरुद्धको भ्याक्सिन कोरोना भाईरस भन्दा खतरनाक भएको विश्वास गर्छन् । Yahoo News तथा YouGov ले गरेको सर्भेक्षणमा सहभागिहरुले स्वास्थका दृष्टिले खोपलाई भाइरस भन्दा खतरनाक बताएका हुन् । यहि भ्रम वा अविश्वासका कारण अमेरिकामा जनसंख्याको एउटा ठुलो भागले कोरोनाविरुद्धको खोप लगाएको छैनन्।
कोरोना संक्रमितहरु बढ्न थालेपछि यूरोपका कैंयौ देशमा फेरि एक पटक निषेधाज्ञा जारि हुन थालेकोछ । अहिले धेरै जसो यूरोपेली मुलुकमा कोरोना भाइरसको खतरनाक डेल्टा भेरियन्टले प्रवेश पाइसकेकोछ । बेलायतमा लकडाउन हटाइए पछि देखिएका नयाँ संक्रमितमा ९९ प्रतिशत डेल्टा भेरियन्टको सिकार भएका छन् ।
बेलायतको यो तथ्यांकबाट तर्सिएका नेदरल्यान्ड, बुल्गारियासहित अन्य यूरोपेली देशले ब्रिटिस पर्यटकहरुको आगमनमा प्रतिबन्ध लगाएका छन् । इन्डोनेसियामा कोरोना भाइरसका कारण सैयौं बालबालिकाहरु मृत्युको मुखमा पुगेका छन् भने त्यसमा ५ वर्ष मुनिका बालबालिकाको संख्या बढि छ । यसलाई कोरोनाको संक्रमणबाट बालबालिकाहरु पनि सुरक्षित छैनन् भन्ने तथ्यका रुपमा लिइएकोछ ।
किनभने यस अघिसम्म बालबालिकाहरुमा कोरोनाको जोखिम कमै भएको मानिदै आएको थियो । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार अन्य मुलुकको तुलनामा इन्डोनेसियामा कोभिड(१९ का कारण मर्ने बालबालिकाहरुको संख्या बढि छ ।
प्रतिक्रिया