बुधबार, वैशाख १२, २०८१

कोरोनाको उच्च जोखिममा बालबालिका, विश्वभरकै अवस्था थप जटिल

नेपालखोज २०७८ साउन १३ गते ७:५८

काठमाडौं । विश्वभरको दैनिक तथ्यांक हेर्ने हो भने कोरोना भाइरसको प्रकोप घट्दै गएको पाइन्छ । यद्यपि कोरोनाको तेस्रो लहर आउने खतरा वा सम्भावना पनि उत्तिकै छ । यसबीच कोरोनाको डेल्टा भेरियन्टका ‘केस’ तीव्र रुपमा बढदै गएको छ, जसले संसारभर चिन्ता बढाएको छ । प्राप्त नयाँ तथ्यांकअनुसार डेल्टा भेरियन्टले कोभिडको डबल डोज भ्याक्सिन लगाउनेहरुलाई पनि उत्तिकै संक्रमित गरिरहेको छ ।

संसारका १० प्रमुख प्रमुख कोभिड विशेषज्ञले हालैको एक अन्तर्वार्तामा कोरोना भाइरसविरुद्धको भ्याक्निलाई निकै मजबुत सुरक्षा बताउँदै ज-जसले यो खोप लगाएका छैनन् उनीहरु जोखिममा भएको जनाएका छन् । विज्ञहरुका अनुसार दुवै डोज खोप लगाएकाहरुले पनि मास्क, सामाजिक दूरीका साथै कोरोनाविरुद्धका अन्य उपाय वा सावधानीहरु पालना गर्नु आवश्यक छ । किनभने कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिलेसम्मको सबैभन्दा तीव्र गतिमा फैलिरहेको भेरियन्ट हो । यो भेरियन्टको भाइरसले लगातार आफूलाई परिवर्तन गरिरहन्छ र नयाँ-नयाँ रूपमा प्रस्तुत भइरहन्छ ।

अन्य मुलुकको तुलनामा इन्डोनेसियामा कोभिड-१९ का कारण मृत्यु हुने बालबालिकाको संख्या धेरै

कोरोनाविरुद्धद्धको भ्याक्सिन नलगाउने एक चौथाइभन्दा बढी अमेरिकीहरु कोरोनाविरुद्धको भ्याक्सिन कोरोना भाइरस भन्दा खतरनाक भएको विश्वास गर्छन् । Yahoo News तथा YouGov ले गरेको सर्भेक्षणमा सहभागीहरुले स्वास्थका दृष्टिले खोपलाई भाइरसभन्दा खतरनाक बताएका हुन् । यही भ्रम वा अविश्वासका कारण अमेरिकामा जनसंख्याको एउटा ठूलो हिस्साले कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

कोरोना संक्रमितहरु बढ्न थालेपछि युरोपका कैयौं देशमा फेरि एकपटक निषेधाज्ञा जारी हुन थालेकोछ । अहिले धेरैजसो युरोपेली मुलुकमा कोरोना भाइरसको खतरनाक डेल्टा भेरियन्टले प्रवेश पाइसकेको छ । बेलायतमा लकडाउन हटाइएपछि देखिएका नयाँ संक्रमितमा ९९ प्रतिशत डेल्टा भेरियन्टको सिकार भएका छन् ।

बेलायतको यो तथ्यांकबाट तर्सिएका नेदरल्यान्ड, बुल्गारियासहित अन्य युरोपेली देशले ब्रिटिस पर्यटकहरुको आगमनमा प्रतिबन्ध लगाएका छन् । इन्डोनेसियामा कोरोना भाइरसका कारण सयौं बालबालिका मृत्युको मुखमा पुगेका छन् भने त्यसमा पाँच वर्षमुनिका बालबालिकाको संख्या बढी छ । यसलाई कोरोनाको संक्रमणबाट बालबालिकाहरु पनि सुरक्षित छैनन् भन्ने तथ्यका रुपमा लिइएको छ ।

किन भने यस अघिसम्म बालबालिकाहरुमा कोरोनाको जोखिम कम भएको मानिँदै आएको थियो । न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार अन्य मुलुकको तुलनामा इन्डोनेसियामा कोभिड-१९ का कारण मृत्यु हुने बालबालिकाको संख्या धेरै छ ।

प्रतिक्रिया