शुक्रबार, वैशाख १४, २०८१

भीम रावलले भने- जस्ताकाे तस्तै एमसीसी पारित गर्नु राष्ट्रघाती

नेपालखोज २०७८ साउन १३ गते १४:३१
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको तस्तै पारित गर्नु राष्ट्रघाती हुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको पाँच दलीय गठबन्धनका नेताहरुको बैठकमा एमसीसी पारित गर्नेबारेमा छलफल भएको खबर सार्वजनिक भएलगत्तै नेता रावलले एमसीसी जस्ताको तस्तै पारित नगर्न सरकारलाई सचेत गराएका हुन् ।

नेता रावल सुरुदेखि नै एमसीसी परियोजनाको विपक्षमा मत जाहेर गर्दै आएका छन् । उनले बुधबार एक ट्वीट गर्दै नेपालको संविधान र कानुन विपरितका प्रबन्ध हटाउन माग माग गरेका छन् ।

उनले भनेका छन् – ‘नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसंगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशकरण तर्फ धकेलिनेछ। यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस् ।’

प्रतिक्रिया