शुक्रबार, वैशाख ७, २०८१

चीनको हेनान प्रान्तमा बाढीका कारण ७३ जनाको मृत्यु

नेपालखोज २०७८ साउन १३ गते १४:५९

चीन । मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० वटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ ।

व्यापक वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको पठाएको छ ।

झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरी राहत वितरण र पुनः निर्माणको प्रयासहरु भइरहेको जनाइएको छ ।

प्रतिक्रिया