सोमबार, फागुन १४, २०८०

एक वर्षमा बैंकिङ कसुरसम्बन्धी २ हजार ३७३ मुद्दा दर्ता

नेपालखोज २०७८ साउन १३ गते २१:४५

काठमाडौं । एक बर्षमा बैकिङ कसुरसम्वन्धी दुई हजार तीन सय ७३ वटा मुद्धा दर्ता भएका छन् । नेपाल प्रहरीले बुधबार आर्थिक बर्ष २०७७–०७८ को समग्र कार्य प्रगती विवरण सार्वजनिक गर्दै उक्त संख्यामा बैंकिङ कसुर सम्वन्धी दर्ता भएको जानकारी दिएको हो ।

नेपाल प्रहरीको उक्त विवरण अनुसार बैंकिङ कसुर सम्वन्धी मुद्धा दर्तामा पछिल्ला बर्षहरुमा कमी आएको छ । बैंकिङ कसुर सम्वन्धी मुद्धा दर्तामा पछिल्लो आर्थिक बर्षमा २८ दसमलव २९ प्रतिशतले कमी आएको छ । प्रगती बिवरण अनुसार आर्थिक बर्ष २०७४–०७५ मा बैंकिङ कसुर सम्वन्धी सात सय ७६ वटा मुद्धा दर्ता भएका थिए । आर्थिक बर्ष २०७५–०७६ मा भने यो संख्या बढेर तीन हजार एक सय ६७ पुगेको छ ।

यसैगरी आर्थिक बर्ष २०७६–०७७ मा पनि बैंकिङ कसुर सम्वन्धी तीन हजार तीन सय नौ वटा मुद्धा दर्ता भएका छन् । प्रहरीका अनुसार आर्थिक बर्ष २०७७–०७८ मा भने बैंकिङ कसुर सम्वन्धी कुल मुद्धा दर्ता संख्या दुई हजार तीन सय ७३ मा सिमित रहेको छ ।

प्रतिक्रिया