शुक्रबार, असार १३, २०८२

भुटानमा एक साताभित्रै ९० प्रतिशत जनतालाई कोरोना खोप

नेपालखोज २०७८ साउन १४ गते ७:५८

काठमाडौं । भुटानको सरकारले आफ्नो देशका झण्डै ९० प्रतिशत खोप लगाउन योग्य व्यक्तिलाई एक हप्ताभित्रै कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।

जुलाई २० देखि २७ सम्ममा खोपयोग्य ९० प्रतिशत नागरिकलाई खोप लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

खोप योग्य पाँच लाख ३० हजार जनामध्ये एक हप्तामा चार लाख ८० हजार नागरिकलाई भुटानले कोरोनािविरुद्धको खोप लगाएको छ । उनीहरू सबैलाई दोस्रो मात्रा खोप दिइएको हो ।

भुटानले खोप लगाउने अभियान अन्तर्गत दुर्गम भेगमा हेलिकोप्टरमार्फत खोप आपूर्ति गरेको थियो । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले भुटानमा तीव्र गतिमा सञ्चालन गरिएको खोप कार्यक्रमलाई आशाको किरण भएको बताएको छ । भुटानको स्वास्थ्य मन्त्रालयका अनुसार यस अभियानमा विभिन्न देशले दानमा दिएका कोरोना खोपको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया