बिहीबार, वैशाख ६, २०८१

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवादबारे छलफल गर्न एन्फा कार्यकारी समितिको बैठक बस्दै

नेपालखोज २०७८ साउन १५ गते ७:२६

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाह अलमुताइरीले सम्झौता अवधि बाँकी रहँदै सामाजिक सञ्जाल मार्फत् घोषणा गरेको राजीनामाको विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ ।

प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफूले राजीनामा गर्नु परेको उल्लेख गरेका थिए ।

उपाध्यक्ष नेम्वाङले प्रशिक्षक अलमुताइरीले आफ्नो चरित्र हत्याको प्रयास गरेको भन्दै छानबिन गर्न माग गरेका छन् ।

आज अपरान्ह ४ बजे बस्ने बैठकमा नेपालमा १३ औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुने बताइएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड(१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपालले आयोजनाको दाबी प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया