शनिबार, फागुन १२, २०८०

कोरोना सङ्क्रमण बढेपछि सीसीएमसीको बैठक बस्दै

नेपालखोज २०७८ साउन १५ गते १२:१४

काठमाडाैं । काेराेना भाइरस (कोभिड-१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दैछ । सिंहदरबारमा आज अपराह्न ४ बजे बस्ने बैठकले निषेधाज्ञा विषयमा छलफल गर्ने जनाइएकाे छ ।

निषेधाज्ञा भए पनि कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्दै गएपछि रोकथाम लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया