आइतबार, फागुन १३, २०८०

म्याग्दीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

नेपालखोज २०७८ साउन १५ गते १२:२४

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन् ।

मृत्युहुनेमा धौलागिरि गाउँपालिका-७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।

उनका अनुसार ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ-धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो ।

चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।

सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए ।

स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया