शुक्रबार, वैशाख १४, २०८१

उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीको विवादबारे छानबिन गरिदिन एन्फाको आग्रह

नेपालखोज २०७८ साउन १५ गते २०:५६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा पुरुष टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको विवादको छानबिन गरिदिन युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ ।

शुक्रवार बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । केही दिनअघि पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताएका थिए ।

प्रतिक्रिया