शुक्रबार, वैशाख ७, २०८१

नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई कृषि कर्जामा सहकार्य

नेपालखोज २०७८ साउन १६ गते ११:०५

काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) बीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरूका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तीय पहुँचका लागि सहकार्य भएको छ ।

यस रणनीतिक साझेदारीअन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकका रुपमा अगाडि बढेको छ । यसै गरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितताबाट लाभ लिन सक्छन् । अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत नबिल बैंक र देवेश प्रधान, निर्देशक, डीभी एक्सिलसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत र नीरज बस्नेत (डनिल), प्रमुख–एसएमई तथा लघुवित्तको उपस्थिति थियो ।

साथै डीभी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य सञ्चालन अधिकृत सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतसमेतको उपस्थिति थियो ।

साझेदारीबारे नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘नबिल बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्रार्हस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो ।’

यो साझेदारीसँगै नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि संसाधनको सहज उपलब्धता र सहज वित्तीय पहुँचमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको छ ।

त्यस्तै सहकार्यबारे डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले भने, ‘यस सहकार्यका माध्यमबाट डीभी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानहरूलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरूलाई सहजै वित्तिय पहुच प्रदान गर्नु हो, जसले साना कृषकहरूलाई नवीनतम् टेक्नोलोजी, उपकरण, मेसिनरी, प्रविधि र सरसाधनको प्रवाहलाई प्रोत्साहित गर्छ ।’

नबिल बैंकबारे
आफ्नो देशभर १३५ शाखा कार्यलय, १८३ एटीएम, ५ विस्तारित काउन्टर र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टहरूको बृहत् सन्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ ।

डीभी एक्सिलस प्रालिबारे
डीभी एक्सिलस प्रालि एक कृषि खाद्य प्रविधि कम्पनी हो। यो कम्पनी कृषि क्षेत्रमा एकीकृत समाधानको विकास र कार्यान्वयन गरिरहेको छ । डीभी एक्सिलसको एक प्रमुख उत्पादन खेती एप हो । खेती एप एक वेबसाइट र मोबाइलमा आधारित प्लेटफर्म हो जसले मुख्य रूपबाट दुई प्रमुख ग्राहक समूहहरू किसान र उपभोक्तालाई लक्षित गरिरहेको ।

डीभी एक्सिलसले आफ्नो खेती एपमा आजसम्म १० हजार किसान, तीन हजार उपभोक्ता, सयभन्दा बढी रेस्टुरेन्ट र होटेल र नेपालको प्रमुख कृषि व्यवसायीहरूलाई आबद्ध गरिसकेको छ ।

प्रतिक्रिया