‘माधव नेपाललाई पार्टीमा ठाउँ छैन, बाटो बिराएका अरु फर्किन सक्छन्’
नेपालखोज
२०७८ साउन १६ गते १४:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माधव नेपाललाई ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् ।
ओलीले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताए । उनले भने, ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन ।’
सम्बन्धित
प्रतिक्रिया