शुक्रबार, वैशाख १४, २०८१

टोकियो ओलम्पिक : कीर्तिमानसहित अमेरिकी पौडीबाज ड्रेसललाई स्वर्ण पदक

नेपालखोज २०७८ साउन १६ गते १६:५४

काठमाडौं । अमेरिकी पौडीबाज केलेब ड्रेसलले कीर्तिमानी समयसहित ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । टोकियो एक्वेटिक सेन्टरमा शनिबार पुरुषको १ सय मिटर बटरफ्लाईमा ड्रेसलले कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।

ड्रेसलले कीर्तिमानी ४९.४५ सकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नामको कीर्तिमान भङ्ग गरेका हुन् । टोकियो ओलम्पिकमा ड्रेसलको यो तेस्रो स्वर्ण हो ।

त्यस्तै ४ गुणा १ सय मिटरको मिस्क मिड्ले रिलेमा बेलायतको टिमले कीर्तिमानसहित स्व्रण पदक जितेको छ ।

प्रतिक्रिया