बुधबार, वैशाख १२, २०८१

अब कोरोनाको ककटेल भ्याक्सिन !

नेपालखोज २०७८ साउन १६ गते १९:२६

काठमाडौं । अहिले संसारभर दुई अलग कम्पनीको भ्याक्सिन मिसाएर तयार गरिएको कोरोनाविरुद्धको ‘ककटेल’ डोजको चर्चा चलिरहेको छ । यो कोभिड-१९ विरुद्ध राहतको समाचार पनि हो ।

कोरोनाविरुद्धको भ्याक्सिन स्पूतनिक-भी तयार गर्ने रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ) ले अक्सफोर्ड-एस्ट्राजेनिकाको कोभिसिल्ड तथा स्पूतनिक-भी भ्याक्सिन मिसाएर तयार गरिएको ‘ककटेल’ को कुनै साइड इफेक्ट नभएको र यो पूर्ण रुपमा सुरक्षित भएको जनाएको छ ।

आरडीआईएफले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ- कोभिसिल्ड भ्याक्सिनमा स्पूतनिक लाइट भ्याक्सिनको ह्युमन एडिनो भाइरस सिरोटाइप-२६ मिसाएर एउटा नयाँ प्रयोग गरिएको थियो । यो भ्याक्सिन ककटेलमा ह्युमन एडेनोभाइरस सिरोटाइप-फाइभलाई पनि मिसाइयो । यी दुई भ्याक्सिन मिसाएर तयार गरिएको ककटेल कोभिड-१९ भाइरसविरुद्ध बढी प्रभावकारी र बढी दिनसम्म असर कायम रहने खालको भएको दाबी गरिएको छ ।

रूसका स्वास्थ्य अधिकारीहरुले एस्ट्राजेनिकाको खोप र स्पूतनिक-भीको मिश्रण परीक्षण गर्न अनुमति दिइसकेका छन् । २६ जुलाईमा सुरु हुने यो परीक्षण २०२२ को मार्चसम्म चल्नेछ जसमा १५ सय स्वयंसेवक सहभागी हुनेछन् । यो परीक्षणमा मिश्रित खोपको सुरक्षा र प्रभावकारीताका सम्बन्धमा अध्ययन गरिनेछ । उक्त परीक्षण मस्को र सेन्ट पिटर्सबर्गका पाँचवटा स्वास्थ्य केन्द्रमा चल्ने बताइएको छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया