भारतीय पक्षले भन्यो – तुइनबाट नदीमा युवा खसेको घटनामा संलग्नता छैन
नेपालखोज
२०७८ साउन १६ गते २०:४०

काठमाडौं । दार्चुलामा युवा तुइनबाट नदीमा खसेको घटनामा आफ्नो संलग्नता नरहेको भारतीय पक्षले दाबी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले पठाएको पत्रको जवाफ फर्काउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटनामा भारतीय पक्षको संलग्नता नरहेको दाबी गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।
घटनास्थलमा भारतीय सुरक्षा बल एसएसबीको टोली रहेको तर टोली देखेर हडबडाएका युवा आफैँ नदीमा खसेका उल्लेख भारतीय पक्षको दावी छ । नदीमा मानिस तरिरहेको बेला तार नै काट्ने खालको काम आफूहरुबाट हुन नसक्ने दाबी गर्दै पत्रमा बेपत्ता भएका युवाको खोजीमा आफूहरुको तर्फबाट पनि टोली पठाएको उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया