बिहीबार, वैशाख १३, २०८१

विश्वभर कोरोनाका कारण थप ९ हजारको मृत्यु, चौबीस घण्टामा पाँच लाख संक्रमित थपिए

नेपालखोज २०७८ साउन १७ गते ७:४५

काठमाडौं । विश्वमा एकै दिन ८ हजार ७७२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सबैभन्दा धेरै इन्डोनेशियामा एक हजार ८०० भन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलमा ९२५, रुसमा ७९२, भारतमा ५४२, अमेरिकामा २३६, कोलम्बियामा २९१ र अर्जेन्टिनामा १३५ संक्रमितको मृत्यु भएको ओल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर एकै दिन पाँच लाख २८ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा ५१ हजार ८९८ र त्यसपछि भारतमा ४१ हजार ७९० जना संक्रमित थपिएका छन् ।

यसैगरी ब्राजिलमा ३७ हजार ५८२, रुसमा २३ हजार ८०७ र फ्रान्समा २३ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ । इन्डोनेशियामा ३७ हजार २८४, बेलायतमा २६ हजार १४४, टर्कीमा २२ हजार ३३२, इरानमा १९ हजार ८४६ र मेक्सिकोमा १९ हजार ३४६ संक्रमित थपिएका छन् ।

यससँगै अहिलेसम्म १९ करोड ८५ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । जसमध्ये १७ करोड ९२ लाख ५५ हजार संक्रमणमुक्त भएका छन् । कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार नाघेको छ ।

सक्रिय संक्रमितको संख्या एक करोड ५० लाख १३ हजार रहेका छन् ।

प्रतिक्रिया