शुक्रबार, वैशाख ७, २०८१

बंगलादेशले गर्‍याे लकडाउनमा थप कडाइ

नेपालखोज २०७८ साउन १७ गते ९:००

ढाका । बङ्गलादेश सरकारले आजदेखि लकडाउन थप कडाइ गरेको छ ।

पछिल्ला केही दिनयता हरेक दिनजसो कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि जारी लकडाउनमा कडाइ गरिएको हो ।

आजबाट मानिसलाई थप सतर्कता अपनाउन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेष्टुरेन्टमा हुने जमघटलाई पूर्णरुपमा निशेध गरिने बताइएको छ ।

आज (आइतबार)देखि होटल पनि बन्द गरिएको छ । जहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै संख्यामा सञ्चालन गर्न दिइएको थियो ।

पछिल्लो महिना यहाँ देशव्यापीरुपमा लकडाउन गरिएकोमा केही खकुलो थियो । पछिल्लो तथ्यांकअनुसार बङ्गलादेशमा २० हजारभन्दा बढीको मृत्युु भएको छ भने १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ ।

प्रतिक्रिया