शनिबार, वैशाख १५, २०८१

५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसमा रक्तदान (फाेटाे फिचर)

नेपालखोज २०७८ साउन १७ गते १२:३७

काठमाडाैं । काेराेना भाइरस (काेभिड-१९)ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न युवा स्पोर्टस् क्लबद्वारा ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसको उपलक्ष्यमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

मैतीदेवी परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समिति र मरू सिँह सतस् मरू टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कमनपा २० वडा नगर समितिको विशेष सहयोग र संयोजनमा स्थानीय युवा स्पोर्टस् क्लबद्वारा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ५६ जनाले रक्तदान गरेका थिए । त्यसैगरी यूवा स्पोर्टस् क्लबका अध्यक्ष महेन्द्र रत्न शाक्यको सभापतित्वमा मरू सतस्मा आयोजित रक्तदान कार्यक्रममा ५५ जना स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गरेका थिए ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा भागकी निर्देशक डा. मनिता राजकर्णिकार, कामनपा २३ का अध्यक्ष मचाराजा महर्जन, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्ल र नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितको विशेष उपस्थिति रहेको थियाे ।

सो विशेष रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकारले संयुक्तरूपमा प्रशंसा-पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया