बुधबार, वैशाख १२, २०८१

आशा लघुवित्तको नाफा १७२ प्रतिशतले बढ्यो

नेपालखोज २०७८ साउन १७ गते १२:२९

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १७२.६६ प्रतिशतले बढेको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४७.६० रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १७.४६ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३०.१४ रुपैयाँ बढेको हो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १६४.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.०६ गुणा छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत, सञ्चालन मुनाफा १४९.३९ प्रतिशत, जगेडा कोष २७६.५७ प्रतिशत, निक्षेप ५६।९६ प्रतिशत, कर्जा ६३.१० प्रतिशत, सापटी ५१.९० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया