शुक्रबार, वैशाख ७, २०८१

५ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

नेपालखोज २०७८ साउन १७ गते १८:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोदिन अपरान्ह तीन बजेसम्म पुरानो नविकरण अन्र्तगत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

जारी मिति साउन १९ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

बिक्री गरिने कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ कात्र्तिक १६ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ माघ १८ गते तोकिएकोे छ ।

यसअघि यही साउन ११ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया