बुधबार, वैशाख १२, २०८१

‘ए डिभिजन लिग’ को मिति सर्‍यो, पुरस्कार राशि बढ्यो

नेपालखोज २०७८ साउन १७ गते १९:३१

काठमाडौं । असोजबाट कात्तिकका लागि सारिएको ‘सहिद स्मारक ए डिभिजन’ लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ ।

एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पु र्‍याएकाये हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्ग गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।

त्यस्तै, एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाखसमेत उपलब्ध गराउने छ । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो ।

यस अघि ललितपुरका चार क्लबले महामारीलाई कारण दिएर असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरिसकेको छ ।

प्रतिक्रिया