शुक्रबार, वैशाख १४, २०८१

अफगानिस्तानमा रोकिएन तालिबानी विद्रोहीको हिंसात्मक गतिविधि, विमानस्थलमा रकेट आक्रमण

नेपालखोज २०७८ साउन १८ गते ७:१३

काठमाडौं । पछिल्लो समय अफगानिस्तानमा अमेरिकी सेना फिर्ता भएपछी तालीवानी विद्रोहीले आफ्नो हिंसात्मक गतिविधिलाई तिव्र पारेको छ । विद्रोहीहरुले अफगानिस्तानको कान्दाहार विमानस्थलमा रकेट आक्रमण गरेका छन् । विमानस्थल लक्षित गरी गरिएको रकेट आक्रमण पछि सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् ।

तालीवानी विद्रोहीले गरेको तीनवटा रकेट कान्दाहारको विमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछी सयौं यात्रु अलपत्र परेका छन् । अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह र कान्दहार कब्जा गर्ने क्रममा ती शहरहरुमा प्रवेश गरेका तालीवानी विद्रोही र अफगानी सेनाबीच संघर्ष जारी रहेकै बेला विमानस्थलमा रकेट आक्रमण गरिएको हो ।

सो विमानस्थल कब्जा गर्ने उद्देश्यका साथ रकेट आक्रमण हुन थालेपछी अफगान सरकार थप मारमा परेको छ । अफगानिस्तानको मुख्य शहरका रुपमा परिचित कान्दाहारलाई तालीवानी विद्रोहीले बिगत तीन सातादेखि निशानामा पार्दै आएको छ । पछिल्लो समय भएको तालीवानी आक्रमका कारण सयौं सर्वसाधारण पलायन हुन थालेका छन् ।

प्रतिक्रिया