बिहीबार, चैत १५, २०८०

४ दशमलव ६ अंकले नेप्से बढ्दा १० अर्ब ९८ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन १८ गते १६:०५

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से चार दशमलव छ अंकले बढेर तीन हजार ८५ दशमलव सात अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव तीन अंकले बढेर पाँच सय ७२ दशमलव ४६ अंकमा पुगेको छ ।

दुई सय २६ वटा कम्पनीहरुको एक लाख पाँच हजार पाँच सय ७९ पटकको कारोबारमा दुई करोड १८ लाख ९४ हजार दुई सय नौ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा आज पाँचवटा समूहको सूचक बढेका छन् भने आठवटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ९१ अंकले बढेर दुई हजार ९६ दशमलव एक अंकमा चढेकेमा लघुवित्त समूहको सूचक पनि एक सय २४ दशमलव ९३ अंकले बढेर पाँच हजार सात सय ६१ दशमलव चार अंकमा चढेको छ ।

यीबाहेक फाइनान्स, उत्पादनमुलक र लगानी समूहहरुको सूचक पनि बढेका छन् । विकास बैंक समूहको सूचक भने आज ६१ दशमलव ५१ अंकले घटेर चार हजार आठ सय ५० दशमलव दुई अंकमा पुग्दा निर्जीवन बिमा समूहको सूचक पनि ८९ दशमलव १२ अंकले घटेर १४ हजार सात सय ३० दशमलव ७६ अंकमा पुगेको छ ।

यसैगरी जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, जलविद्युत, अन्य र सामूहिक लगानी कोष समूहरुको सूचक पनि घटेका छन् । आज गुराँस लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई हजार एक सय १५ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा माउन्टेन हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ६४ प्रतिशतले घटेर पाँच सय ६९ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज अरुण कावेली पावर लिमिटेडको भने प्रतिकित्ता पाँच सय ८४ रुपैयाँ अन्तिम मूल्यमा ३७ करोड ७० लाख ६२ हजार चार सय १० रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया