बुधबार, वैशाख ५, २०८१

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी श्रेष्ठ पक्राउ

नेपालखोज २०७८ साउन १८ गते १७:२३

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ५६ वर्षिय बीनोद कुमार श्रेष्ठलाई आज सोमबार भक्तपुरको काँडाघारीबाट पक्राउ गरिएको हो ।

व्यूराेबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत तुलसीपुर, नेपालगंजबाट कसूरदार ठहर भई फरार रहेको अवस्थामा प्रतिवादी श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

सीआईबीका अनुसार प्रतिवादी श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी नविल बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत तुलसीपुर नेपालगंजबाट वि.सं २०७७ फागुन १२ गते प्रतिवादीको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा सात दिन कैद र २३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।

प्रतिक्रिया