शनिबार, वैशाख १५, २०८१

अधिकांश भू-भागमा बदली, पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७८ साउन १९ गते ८:३६

काठमाडौं । जल तथा मौसम विभागका अनुसार आज बिहान देशका अधिकांश भू-भागमा सामान्य बदली भएको छ । विभागका अनुसार पाँचवटा प्रदेश अर्थात् प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ । -फाइल तस्बिर

प्रतिक्रिया