बिहीबार, वैशाख १३, २०८१

लक्ष्मी लघुवित्तको १९ करोड ३१ लाखभन्दा बढी मुनाफा

नेपालखोज २०७८ साउन १९ गते १३:३५

काठमाडौं । लक्ष्मी लघुुवित्त वित्तीय संस्थाको खुद मुनाफामा उल्लेख्य वृद्धि भएको छ । संस्थाले आज मंगलबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले १९ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ५२ लाख ६५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ३२ करोड ४५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७/०७८ मा दुई अर्ब छ करोड ९२ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब १६ करोड ३६ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ५० करोड ७७ लाख २१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ५८ लाख १८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दसमलव २७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५२ करोड तीन लाख ४२ हजार रुपैयाँ निक्षेप संंकलन गरी चार अर्ब २४ करोड २६ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ३४ करोड ७१ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड १० लाख २६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २६ प्रतिसत रहेको थियो ।

प्रतिक्रिया