मंगलबार, चैत ६, २०८०

राज कुन्द्रा प्रकरणमा शिल्पा सेट्टीकाे समर्थनमा बलिउड स्टार

नेपालखोज २०७८ साउन १९ गते १८:४२

काठमाडाैं । बलिउड अभिनेत्री शिल्पा सेट्टी अहिले पोर्न फिल्म निर्माणको आरोपमा आफ्ना श्रीमान राज कुन्द्राको गिरफ्तारीका कारण चर्चामा छिन् ।

राज कुन्द्राको पोर्नोग्राफी केसमा सामाजिक संजाल प्रयोगकर्ताहरुले शिल्पा तथा उनका छोरालाई समेत मुछेर टिप्पणी गरेपछि उनले त्यसको प्रतिरोध गरिन् भने अहिले बलिउडका केही हस्तिले शिल्पा सेट्टीको प्रतिरोध प्रती समर्थन जनाएका छन् ।

शिल्पा शेट्टीले एक पोस्टमार्फत आफ्नो भावना सेयर गर्दै बलिउड फिल्म इन्डस्ट्रीबाट आफूले पर्याप्त समर्थन नपाएकोमा निराशा व्यक्त गरेकी थिइन् । शिल्पाको यो पोस्टमा वरुण धवनले समेत लाइक गरेका छन् ।

फिल्ममेकर हंसल मेहताले शिल्पाको सपोर्ट गर्दै ट्वीट गरेका छन् ‘यदि तपाईं उनको पक्ष लिन सक्नुहुन्न भने कम से कम शिल्पा सेट्टीलाई नचलाउनुहोस् र कानुनलाई यो विषयमा फैसला गर्न तथा शिल्पालाई केहि सम्मान र प्राइवेसी दिनुहोस् ।’

पब्लिक लाइफमा भएकै कारण मानिसहरु कसैको यसरी खेदो खन्छन् कि उनिहरु एक्लो हुन पुग्छन् । उनिहरु न्यायालयको फैसला आउनु पहिले नै दोषी ठहर्याइन्छन् , यो दुर्भाग्यपूर्ण स्थिति हो । ऋचा चड्ढाले हंसल मेहताको यो ट्वीटलाई रिट्वीट गर्दै लेखेकि छन् ‘हामिले पुरुषको गल्तीका लागि उसको जीवनमा भएकी महिलालाई दोषी ठहर्याउने कुरालाई राष्ट्रिय चरित्र नै बनाइसकेका छौं । खुशीलाग्छ शिल्पा यी तमाम कुरामा कानुन सम्मत लडाइँ लडिरहेकि छन् ।’

शिल्पा सेट्टीले आफ्नो पोस्टमा लेखेकि थिइन ‘हो, बितेका केहि दिन मेरा लागि निकै चुनौतीपूर्ण रहे । यसक्रममा धेरै अफवाह पनि उडे र अनेकन आरोपसमेत लागे । मीडिया र मेरा शुभचिंतकहरुले मेरा बारेमा धेरै कुराहरु भन्नूभयो ।’ निर्देशक तथा कोरियोग्राफर फराह खानले शिल्पाको यो पोस्टलाई लाइक गरेर सपोर्ट दिएकी छन् ।

शिल्पाले लेखेकि छन् ‘मलाई मात्र होइन मेरो परिवारलाई नै ट्रोलको सिकार बनाउँदै हामी माथि प्रश्न उठाइएको छ । यो विषयमा मेरो भनाइ वा अडान के हो भने ‘मैले अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेकी छैन र यो मामिलामा भविष्यमा पनि मौन नै रहनेछु तसर्थ मेरो नाममा झूठा कुराहरु नबनाइयोस ।’ ज्याकलीन फर्नांडीजले पनि यो पोस्टलाई लाइक दिएकी छन् ।

शिल्पा सेट्टीले भनेकि छन् ‘एउटि सेलिब्रेटीका रुपमा मेरो सोच शिद्धान्तमा के हो भने कहिलै गुनासो नगर र अनावश्यक सफाइ पनि नदेउ । म अहिलेलाई यति नै भन्छु कि हाल यो मामिलामा जाँच चलिरहेको छ । मलाई मुम्बई पुलिस र भारतको न्यायालय प्रति भरोसा छ ।’ आफै मीडिया ट्राेलको शिकार भइसकेकी रकुल प्रीत सिंहले शिल्पालाई यो कुरामा समर्थन दिएकी छन् ।

शिल्पा सेट्टीले लेखेकी छन् ‘एउटा परिवारका रुपमा हामीले कानुनी मद्दत लिइरहेका छौं , ‘यद्यपि म तपाईंहरुसँग निवेदन गर्छु खासगरी एउटी आमाका रुपमा कृपया हाम्रा सन्तानका खातिर हाम्रो परिवारको प्राइवेसी को सम्मान गरिदिनुहोस् । यसका साथै म के पनि अनुरोध गर्छु भने आधा-अधूरा जानकारीका आधारमा, सत्य कुरा नबुझी टिप्पणी नगरिदिनुहोस् ।’ हरेक विषयमा निर्भीक रुपमा आफ्नो धारणा व्यक्त गर्दै आएकी नायिका दीया मिर्जा पनि यो मामिलामा शिल्पाको समर्थकको लहरमा उभिएकी छन् ।

प्रतिक्रिया