बिहीबार, वैशाख १३, २०८१

‘मेरै जीवनकालमा नेपालले टेस्ट मान्यता पाओस् भन्ने चाहना छ’

नेपालखोज २०७८ साउन २० गते १४:५२
फाइल तस्बिर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका नेपालका पूर्वकप्तान पारस खड्काले आफ्नो जीवनकालमा नेपालले टेस्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताएका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले नेपाललाई टेस्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताएका हुन् । उनले आफू क्रिकेटको व्यवस्थापनमा आउन चाहेको बताए । उनले सबैको सहयोग र मिहिनेतले नेपाली क्रिकेट अहिलेको अवस्थासम्म आइपुगेको बताए ।

प्रतिक्रिया