शुक्रबार, असार २०, २०८२

इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल

नेपालखोज २०७८ साउन २० गते २१:०५

काठमाडौं । इष्टर्न एजेन्सिज दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल भएको छ । भारतको प्रसिद्ध मल्टिनेसनल अटोमेटिभ कम्पनी आइसर मोटर्सले नेपालस्थित स्थानीय साझेदार इष्टर्न एजेन्सिजलाई दक्षिण एसियाकै उत्कृष्ट डिलर घोषणा गर्दै पुरस्कृत गरेको हो ।

आइसर मोटर्सले सन् २०२०/२१ को बेष्ट डिलर अवार्ड इष्टर्न एजेन्सिज नेपाललाई प्रदान गरेको हो । इष्टर्न एजेन्सिज बतास अर्गनाइजेसन अन्तर्गतको भगिनी संस्था हो । यसले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले आइसर मोटर्सद्वारा प्रदान गरिएको बेष्ट डिलर अवार्ड हालै आयोजित एक कार्यक्रममा ग्रहण गरेका छन् ।

अवार्ड ग्रहणपछि अध्यक्ष बतासले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा आइसरको बजारीकरण तथा प्रवर्द्धनमा अथक परिश्रम गरेका कारण अवार्ड पाउन सफल भएको बताएका छन् । साथै उनले नेपालको भौगोलिक अवस्था र कमजोर पूर्वाधारका कारण शक्तिशाली भेहिकलको आवश्यकता आइसरले पूरा गरेको बताएका छन् ।

प्रतिक्रिया