एटीएम फुटाउँदै गरेको अवस्थामा एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित एनआईसी एसिया बैंङकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा गोकर्णेश्वर नगरपालिका-६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ भोटेचौर घर भएका ३४ वर्षीय बिनोद चौलागाईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
रातिको साढे १ बजेको समयमा उक्त एटिएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धवलागिरी गाउँपालिका–६ बस्ने २९ वर्षीया भरीमाया गर्बुजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत म्याग्दीबाट उक्त मुद्दामा ७ लाख ३८ हजार ८ सय ३२ रुपैयाँ ५० पैसा जरिवाना ठहर भई फरार रहेकी उनलाई बेनी नगरपालिका-८ कालिपुलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनलाई म्याग्दी जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
प्रतिक्रिया