बुधबार, वैशाख १२, २०८१

१६ अंकले नेप्से घट्दा १४ अर्ब ३१ करोडको सेयर किनबेच

नेपालखोज २०७८ साउन २१ गते १५:४९

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन १२ दशमलव पाँच अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने १६ अंकले घटेर तीन हजार एक सय सात दशमलव ४५ अंकमा पुगेको छ ।

सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ६४ अंकले बढेर पाँच सय ७९ अंकमा पुुगेको छ । दुई सय २६ वटा कम्पनीहरुको एक लाख ३५ हजार ४२ पटकको कारोवारमा आज दुई करोड ८८ लाख ४५ हजार चार सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समूहको कारोबार भएकामा वाणिज्य बैंक र विकास बैंक समूहको सूचक क्रमश शून्य दशमलव १२ र एक सय आठ दशमलव ६९ अंकले बढेका छन् भने बाँकी समूहको सूचक उच्च अंकले घटेका छन् ।

तीमध्ये जलविद्युुत समूहको सूचक ७६ दशमलव २४ अंकले घटेर तीन हजार चार सय ५९ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि ४९ दशमलव ९७ अंकले घटेर १४ हजार छ सय ५८ दशमलव १७ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ५३ दशमलव १७ अंकले घटेर १८ हजार ३१ दशमलव ७२ अंकमा झरेकोमा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहरुहको सूचक पनि घटेका छन् ।

आज नेपाल फाइनान्सको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर सात सय २० रुपैयाँ ५० पैसामा कारोबार हुँदा युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने पाँच दशमलव ८५ प्रतिशतले घटेर चार सय ९९ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरीअ आज अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सात सय ५४ रुपैयाँ २० पैसामा ६४ करोड ६५ लाख ८७ हजार सात सय ७८ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोवार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया