मंगलबार, वैशाख ४, २०८१

चौबीस घण्टामा ३ हजार ९३८ संक्रमित थपिए, ३७ जनाको मृत्यु

नेपालखोज २०७८ साउन २१ गते १६:४०

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार १२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ८७० जनाको पीसीआर परीक्षणबाट ३ हजार ०७ र ६ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जना गरी जम्मा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३७५ र आइसोलेसनमा ३४ हजार ४२२ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख ८ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया