बुधबार, वैशाख १२, २०८१

महाधिवेशनको सुनिश्चितता गर्न नेविसंघका पूर्वअध्यक्षहरुको माग

नेपालखोज २०७८ साउन २१ गते २०:३०

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै १४औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरुले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् ।

पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरी गुरागाईंले पार्टीलाई वैधानिक हिसावले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आल्टाल र देखाइएका उदासीनताले आफूलाई झक्झकाएको बताए । उनले ७७ वटै जिल्ला, सबै क्षेत्र र सबै क्षेत्रमा विधिवित ढंगले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ कर्महरु भइरहेको र इतिहासलाई छायामा पार्ने कुचेष्ठा गरिएकोले यसमा आफू गम्भीर भएको बताए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिका अनुसार तल्लो तहको अधिवेश हुन सकेको छैन् ।

प्रतिक्रिया