बिहीबार, वैशाख १३, २०८१

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

नेपालखोज २०७८ साउन २१ गते २०:३५

रुपन्देही । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । साउन २७ गते दिउासो १ बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको बैठक आह्वान गरेको जनाएको छ ।

प्रतिक्रिया