सोमबार, असार २३, २०८२

महामन्त्री डा. कोइराला भन्छन्- भदौमा महाधिवेशन सम्भव छैन

नेपालखोज २०७८ साउन २२ गते ११:५७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४औं महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।

उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसरिसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्छ भनेका छन् ।

कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनले जानकारी दिए । उनले भने ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ ।

सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’ फरक प्रसङ्गमा उहाँले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया