बिहीबार, वैशाख २०, २०८१

बाराको जीतपुरमा मेगा बैंकको नयाँ शाखा

नेपालखोज २०७८ साउन २२ गते १२:५५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको १ सय ८५औं शाखा हो । मेगा बैंकले केही दिन अघि छ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया