बिहीबार, फागुन १०, २०८०

‘आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्नुपर्छ’

नेपालखोज २०७८ साउन २२ गते १६:४७
फाइल तस्बिर

काठमाडाैं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका छन् ।

उनले संवैधानिक आयोग अपांग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरु खुशी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गरे ।

उनले भने, ‘संवैधानिक आयोग अपांग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अंगहरु निष्प्रभावि भयो । संविधान विरोधीहरु खुशी भए । नेपाल विरोधीहरु नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मुर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले ।’

उनले सरकारलाई छिटोभन्दा छिटो वास्तविक गरिवहरुलाई जग्गा वितरण गर्न अनुरोध पनि गरे । वर्तमान सरकार मुलुकमारा र गरिबमारा हुननहुने बताए ।

प्रतिक्रिया