कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न सीसीएमसीको आग्रह
नेपालखोज
२०७८ साउन २२ गते २०:५२

काठमाडौं । कक्षा १२ काे वार्षिक परीक्षा सञ्चालनका विषयमा पुनर्विचार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको र परीक्षाका कारण संक्रमणको थप जोखिम बढ्न सक्ने भन्दै १२ कक्षाको परीक्षाको मोडालिटीबारे पुनर्विचार गर्न शिक्षा मन्त्रालयलाई पत्र पठाइएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले बताए ।
सीसीएमसीले परीक्षा सञ्चालनको मोडालीटिलाई पुनर्विचार गर्न पत्र पठाए पनि त्यसको निर्णय भने शिक्षा मन्त्रालयले गर्ने उनले जानकारी दिए । यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १ सय दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया