मंगलबार, असार १७, २०८२

आजदेखि मास्क अभियान

नेपालखोज २०७८ साउन २३ गते ७:३१

काठमाडौं । सरकारले आजदेखि साताव्यापी ‘नेपाल मास्क अभियान’ सुरु गरेको छ ।

‘मास्क अभियानमा सहभागी होऔं’ भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन हुने भएको हो ।

कोभिड-१९ संक्रमणको रोकथामका लागि मास्कको महत्त्व बुझाउन र आमजनतालाई मास्कको प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया